TRENDING

मलेसियामा मृत्यू भएका २४ शव र तीन अस्तु नेपाल ल्याइयो

काठमाडौं । मलेसियामा विभिन्न समयमा मृत्यू भएका २४ जनाको शव र तीन जनाको अस्तु आज नेपाल ल्याइएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा आज बिहान वाइडबडी जहाज मार्फत् शवहरु नेपाल ल्याइएको हो ।

शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत् ल्याइएका शवहरुमध्ये तीन जनाको परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरी अस्तु ल्याइएको थियो । ति सम्पूर्ण शबहरुलाई आजै परिवारको जिम्मा लगाइएको थियो ।

मलेसिया नेपाली श्रमिकको धेरै मृत्यू हुने मुलकमा पर्ने गरेको छ ।