TRENDING

म्यासेन्जरमा आतंक मच्चाएको होन्डा एनिभर्सरी लिंक यसकारण खोल्नुहुँदैन

काठमाडौं । होन्डा ७० औं वार्षिकउत्सव नामक लिङ्क ! यो लिङ्कले बुधबार देखि आतंक नै मच्चाएको छ । होन्डाको नाममा आएको यो लिङ्क वास्तवमा होन्डाले पठाएको नभई व्यक्तिगत डाटा चोर्नका लागि रचिएको जाल थियो ।

होन्डाका अध्यक्ष सौरभ ज्योतिले आफ्नो नाममा आइरहेको फिशिङ लिंक नखोल्न सबैलाई आग्रह गर्नुभएको छ । सामाजिक संजालमा विभिन्न अफर एवं प्रडक्टको लोभ देखाएर आउने स्क्यामहरु नै फिशिङ लिंकहरु हुन् , जुन म्यासेज जस्तै लागेता पनि म्यासेज होइनन् । जसलाई खोल्दा अर्कै लिंक खुल्छ । र व्यक्तिगत विवरण चोरि हुने गर्दछ ।

यसरी विभिन्न प्रलोभन देखाएर आउने फिसिङ लिंकहरु खोल्नु हुँदैन र तुरुन्तै डिलिट गर्नुपर्दछ । यसलाई खोलेमा साइबर आक्रमणको शिकारमा पर्न सकिन्छ । यस्ता फिसिङ लिंकहरु म्यासेज, इमेल, ह्वाट्स्एप, इमो, भाइबर लगायत वेबसाइड एवं सामाजिक संजालहरुमा बेलाबेलामा आइरहन्छन् । दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले यस्ता अपरिचित रुपमा आएका म्यासेज, अपरिचित व्यक्ति वा ठेगानाबाट आएका शंकास्पद इमेललाई नखोल्न, लिंकहरुमा क्लिक नगर्न र त्यस्ता शंकास्पद इमेलालाई डिलिट गर्न वा ब्लक गर्न आग्रह गर्दै आएको छ।

खासमा पुरस्कार, उपहार, चिठ्ठा लगायत विभिन्न प्रलोभन देखाएर पठाइएको वा डर धम्की दिई पठाइएको इमेल, सन्देश, फोन कल लगायतलाई रिप्लाई वा रेसपोन्स नगर्न पनि प्राधिकरणले भनेको छ।

त्यस्ता म्यासेज आएसँगै तत्कालै डिलिट गरिहाल्नुपर्छ। इमेलबाट आफ्नो पासवर्ड, ओटीपी, बैंक खाता नम्बर र पिन कोड जस्ता विवरण पठाउनु हुदैन भने ल्यापटप, कम्युटरमा एन्टिभाइरसको प्रयोग गर्नुपर्छ।