TRENDING

राजस्व भुक्तानी एवं ब्लुबुक नविकरण अब घरबाटै , यसरी लिनुहोस् सेवा

काठमाडौं । अब देखि सवारी साधनको ब्लुबुक नविकरण अनलाईन मार्फत् आफैंले गर्न सकिने भएको छ । साउन ८ गतेदेखि लागु हुने गरी बागमती प्रदेश सरकारले यस्तो व्यवस्था मिलाएको हो ।

बाग्मति प्रदेश भित्रका सवारीसाधनको ब्लुबुक अनलाइनबाट नै गर्न सकिने भन्दै मुख्यमन्त्री डोरमणी पोडेलले सेवाको सुरुवात गर्नुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध अनलाइन सेवा मार्फत् सवारी कर, जरिवाना लगायतका भुक्तानी अनलाइन मार्फत नै गर्न सकिन्छ ।

बाग्मती प्रदेश सरकारले तयार गरेको यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) मा सवारी धनी लग इन पोर्टल मा गएपछि सो को तलपट्टी देखिने नयाँ दर्ता मा क्लिक गरेर सेवा लिन सकिन्छ । बाग्मती प्रदेश अन्तर्गतका ६ वटा यातायात कार्यालय मार्फत् उपलब्ध यस अनलाइन सेवामा ब्लुबुक तथा लाइसेन्स नवीकरण, जरिवाना तथा बाँकी राजश्वको विवरण आफैंले हेर्न एवं नागरिक एप तथा सम्बन्धित मोवाइल एप र वेब पोर्टलद्धारा जानकारी सहित भुक्तानी गर्न सकिने छ ।

हाल नागरिक एपमा सवारी कर नामक नयाँ फिचर आइसकेको छ जसबाट आफ्नो सवारीसाधनको विस्तृत जानकारी पाउन सकिन्छ ।