TRENDING

कृषि विकास बैंकको एटिम, क्रेडिट कार्ड लगायतका सेवा बन्द हुने, यस्तो छ कारण

काठमाडौं । कृषि विकास बैंकको एटिम लगायतका सेवा आइतबार बिहान १० बजे सम्मका लागि बन्द हुने भएको छ ।

बैंकले शुक्रबारदेखि कोर बैंकिंग सिस्टम अपग्रेड गर्न लागेका कारण सेवा अवरुद्ध हुने जनाएको छ ।

एक सुचना जारी गर्दै बैंकले शुक्रबार दिउँसोे देखि आइतबार बिहान १० बजेसम्म मोबाइल बैंकिग, एटिएम सेवा, इन्टरनेट बैंकिग, क्रेडिट कार्ड, किसान क्रेडिट कार्ड लगायतका सेवा अवरुद्ध हुने जनाएको हो ।

ADBL