TRENDING

प्रभु बैंकको संस्थापक शेयर लिलामीमा राखिँदै, सर्वसाधारणले समेत आवेदन दिन सक्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याउने भएको छ । बैंकले साउन १५ गतेदेखि २ लाख २ हजार १ सय ८६ संस्थापक शेयर लिलामीमा ल्याउन लागेको हो ।

इच्छुक आबेदकले लिलामी बोलपत्रलाई काठमाडौं नागपोखरी स्थित एनएमबि क्यापिटलको कार्यालयमा पेश गर्नुपर्ने जनाइएको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति साउन २९ गते सम्म रहेको छ । प्रतिकित्ता रु.२१० तोकिएको संस्थापक शेयर खरिदका लागी बैंकका संस्थापक शेयरधनी, इच्छुक व्यक्ति एवं संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रभु बैंक