TRENDING

बजारमा दुई कम्पनिको आइपिओ खुल्ला

काठमाडौँ । मंगलबार दुई जलविद्युत्‌को साधारण सेयर (आइपिओ) निष्काशन भएको छ । आयोजना प्रभावित स्थानीयवासीका लागि मध्यभोटेकोशी जलविद्युत्‌ र तेह्रथुम पावर कम्पनीको आइपिओ खुलेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई प्रतिसेयर १०० अंकित दरका कूल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

जसमध्ये १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरूका लागि छुटाइएको छ भने बाँकी ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूका लागि छुट्याएको छ ।

तेह्रथुमले चार लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।