TRENDING

आफुले बनाएको घर नछाडिने र घरभित्र हुने गलत व्यवहार सहेर पनि नबसिने नेता नेपालको भनाई

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी भित्र भएका विभिन्न अपमानजनक कार्यहरु बारे आफ्नो भनाई व्यक्त गर्नुभएको छ ।

पुष्पलालको ४३ औं स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नेता नेपालले पार्टी भित्र गरीएको अपमान असह्यै भएको बताउनुभएको हो । आफुले बनाएको घर त्यसै छाडेर नजाने भन्दै नेता नेपालले घरभित्र गरिएका अपमान र गलत व्यवहार सहेर भने नबसिने बताउनुभएको हो ।

आफुलाई जनै खटिराले दुःख दिएजस्तै पार्टिलाई विभिन्न खाउखटिराले दुःख दिइरहेकाले यसको उपचार गर्ने बताउनुभयो । अरुको अपमन गर्नेले आफ्नो मानसम्मान कदापि कायम राख्न नसक्ने बताउँदै नेता नेपालले आफुहरु सबैलाई सम्मान गर्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।