TRENDING

केपी शर्मा ओलीद्धारा नेकपा एमाले आइटी आर्मी गठनको घोषणा, अध्यक्षमा प्रभु साह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा आज आइटी आर्मी को गठन भएको छ । भक्तपुरको लोकन्थली स्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रम बिच प्रभु साहको नेतृत्वमा ५१ सदस्यिय आइटि आर्मी गठनको घोषणा गरिएको हो ।

 

सो कार्यक्रममा संगठनको अन्तरिम घोषणापत्र समेत सार्वजनिक गरिएको थियो । आम श्रमजीवी तथा उत्पीडित जनताको सूचना प्रविधिको सहायताले सूसुचित, सचेत र संगठित गर्ने गराउने उद्धेश्यले उक्त संगठन निर्माण गरिएको बताइएको छ ।

शासक वर्गद्धारा सृजित भ्रमपूर्ण वातावरण र कार्यहरुको उजागर गर्ने उद्धेश्यले गठित सो संगठनले द्धन्द्ध र विभाजनको स्थितिको अन्त्य गर्ने , नेपालमा व्याप्त भ्रष्टाचार, बेथिति लगायतका विसंगति हटाउन कार्य गर्ने लगायतका कार्यहरु गर्ने घोषणापत्रमा उल्लेख छ । यसका साथै आइटीको प्रयोगबाट पार्टीका समग्र गतिविधिहरुको निगरानी गरिने अध्यक्ष साहको भनाई छ ।