TRENDING

प्रधानमन्त्रीलाई विश्वासको मत दिन नेता खनालको आग्रह

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । खनालले विज्ञप्ति जारी गर्दै एमाले सांसदलाई आक्रोश र प्रलोभनमा नपरी देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गर्नुभएको हो ।

खनालले अदालतको फैसलाको सम्मानको लागि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनूपर्ने विज्ञप्तिमा उल्लेख छ । खनालले अबको दुई वर्ष देउवा सरकारले काम गर्ने बताउनुभयो । उहाँले अफ्नो मत पनि देउवालाई नै हुने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएको खनालको हाल भारतको नयाँदिल्लीमा उपचार भईरहेको छ ।