TRENDING

सम्पूर्ण कर्मचारीको तलबका साथै भत्ता बढ्यो

काठमाडौं । साउन महिना देखि कर्मचारीको तलब तथा जेष्ठ नागरिकको बृद्धभत्ता बढेको छ ।

गत बजेट भाषणमा उल्लेख भए बमोजिम नयाँ आर्थिक वर्ष २०७८/७९ लागू भएसँगै सरकारी कर्मचारी, शिक्षक, प्रहरी एवं सेनाको तलब प्रति महिना २ हजार रुपैयाँले वृद्धि भएको हो ।

सरकारले बजेटबाट नै बृद्धभत्ता एक हजार रुपैयाँ बढाएर मासिक ४ हजार रुपैयाँ पुर्याइएको उल्लेख गरेको थियो ।