TRENDING

हाइबर्नियनद्धारा आर्सनल पराजित , शुरुवाती खेलमै पुरानो झल्को

काठमाडौं । युरो २०२० र कोपा अमेरिकाको समापनसँगै व्यावसायिक फुटबलको प्रि-सिजन सुरु भएको छ । प्रि-सिजन अन्तर्गत मंगलबार राति भएको खेलमा इङ्लिस टोली आर्सनल स्कटिस क्लब हाइबर्नियनसँग २-१ गोलको नतिजामा पराजित भयो ।

गोलका अवसरको सदुपयोग गर्न नसक्नु र रक्षापंक्तिमा भएका गल्तीले नयाँ सिजनको पूर्वसन्ध्यामा पनि पुरानै आर्सनलको झल्को दिन्थ्यो । प्रि-सिजनको पहिलो खेलमै अप्रत्याशित पराजय भोगेको आर्सनलले प्रभुत्व जमाए पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन ।

यो हारले आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई थोरै पिरोल्ने छ । तर, उनले यो खेलबाट केही सकारात्मक पक्षसमेत पाएका छन् ।