TRENDING

कानुन र अर्थमन्त्रीको सपथ आज, माओवादीबाट मन्त्री छानिएका जनार्दन र पम्फाको पनि सपथ आजै

काठमाडौं । कानुनमन्त्रीमा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले शपथ लिने भएका छन् ।

यसअघि देउवा सरकारमा अर्थमन्त्री भईसकेका कार्कीसँगै गृहमन्त्रीमा बालकृष्ण खाँडले सपथ लिन लागेका हुन् । अर्थमन्त्रालय नेकपा माओवादीले लिने भएपछि कांग्रेसको भागमा परेको गृह मन्त्रालयमा खाँडलाई आजै सपथ गराउन लागिएको हो । कांग्रेसको मुख्य सचेतक रहेका खाँड यसअघि रक्षा र सिँचाइमन्त्री भइसकेका छन् ।

नेकपा माओवादी केन्द्रले पहिलो चरणमा जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने निर्णय गरेको छ भने अन्य मन्त्रीहरूको टुंगो दोस्रो चरणको विस्तारअघि लगाइने बताएको छ ।

अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुषाल बनाइने निर्णयसँगै अध्यक्ष प्रचण्डले आजै सपथग्रहण गर्ने गरी मन्त्रीमा सिफारिस गरेका हुन् ।