TRENDING

नबिल बैंकद्धारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं । नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल)का लागि अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

असार २८ गते सोमवार आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा एक औपचारिक कार्यक्रमक वीच उक्त प्लान्ट हस्तान्तरण गरिएको हो । सो प्लान्ट स्थापनाका लागि बैंक र अस्पताल वीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ ।

अहिले विश्वको अन्य मुलुकहरुमा कोभिड १९ दोस्रो लहरको अन्त्य सँगै तेस्रो लहर फैलिदै गर्दा, नबिलको यो अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र विरामीहरुको जीवन रक्षा हुने अक्सिजन आपूर्ति गरी सहयोग हुने बैंकले विश्वास लिएको छ । नबिल बैंक पछिल्लो केही समयदेखी मानव कल्याणका कार्यमा लागि परेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड १९को महामारी शुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको छ । बैंकले गतवर्ष कोभिड १९ को प्रतिकार्यका लागि नेपाल सरकारलाई रु. ६ करोड नगद सहयोग गरेको थियो भने सरकारी निकाय तथा मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासंग समेत साझेदारी गरी विपद्को पूर्व तयारी र क्षमता विकासका लागि काम गर्दै आएको छ ।

यस अन्तर्गत गतवर्ष स्वास्थ्य तथा जनसंख्यामन्त्रालयसंगको सहकार्यमा सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालिन पूर्वतयारी सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न कार्यक्रम गरेको थियो । जसमा सरकारी, गैरसरकारी र सामाजिक कार्यमा संलग्न विभिन्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

नबिल बैंकले विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनमा बहुपक्षीय साझेदारीको आवश्यकतालाई मध्यनजर गरी यसमा निजि क्षेत्र पनि एक महत्वपूर्ण हिस्सेदार बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्दै सरकारसंग यस किसिमको सोहि किसिमको साझेदारी गर्दै आएको छ । आगामी दिनमा नबिलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत् मुलुकको स्वास्थ्य प्रणाली सुधारका लागि लगानी गर्ने बताएको छ ।

हाम्रो जस्तो वहुविपद्को जोखिमयुक्त देशमा निजि क्षेत्र सहित सम्बन्धित पक्षहरुको निरन्तरको क्रियाशीलताले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउँछ भन्नेमा बैंकको विश्वास रहेको र सोहि अनुसार कोभिड १९ को प्रतिकार्यका लागि कार्य गरेको बताइएको छ । बैंकले यस किसिमका सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोगलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तरता दिने नबिल बैंकका संस्थागत संचार विभाग प्रमुख कृष्ण सुवेदीद्धारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।