TRENDING

अदालतद्धारा परिभाषित महत्वपूर्ण १२ बुँदा जसले दीर्घकालीन प्रभाव पार्दछ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमलाई सर्वोच्च अदालतले दोस्रो पटक पनि बदर गरेको छ । सर्वोच्च अदालतले रिट निवेदककै माग बमोजिम धेरै आदेशहरु पनि दिएको छ । साथै यस क्रममा नयाँ संविधानको थप व्याख्या समेत गरेको छ । सर्वाेच्चको व्याख्या नयाँ संविधान कार्यान्वयन र नेपालको अबको राजनीतिक कोर्षका लागि निकै नै महत्वपूर्ण हुनुका साथै दीर्घकालीन प्रभाव पार्ने छ ।

हेरौं अदालतद्धारा परिभाषित महत्वपूर्ण १२ बुँदा :-

१) विश्वासको मत नपाएको प्रमले धारा ७६ ५ मा दाबी गर्न नपाइने ।

२) संसदलाई ५ वर्ष अघि नै विघटन गरेर निर्वाचनमा जाने छुट नपाइने ।

३) दलभित्रको आन्तरिक विवादले संसद विघटन गर्दा वैधता नपाउने ।

४) संविधानको धारा ७६ ५ मा जसले बहुमत सांसदको हस्ताक्षर लैजान्छ , उहि प्रधानमन्त्री ।

५) नेपालको शासन व्यवस्था परम्परागत संसदिय प्रणाली होइन ।

६) विश्वासको मतको आधार निरुपण गर्ने काम रास्ट्रपतिले होइन संसदले गर्छ ।

७) धारा ७६ ५ मा प्रधानमन्त्री चयन गर्न सांसदलाई दलिय ह्विप लाग्दैन ।

८) धारा ७६ ७ को अवस्थामा पुगेपछि संसद आफैं विघटन हुन्छ , राष्ट्रपति र प्रधानमन्त्रीको तजबिजमा होइन  ।

९) बहुदलिय व्यवस्थामा हरेक कुरामा दलिय प्रतिष्पर्धा नै गर्नुपर्छ भन्ने छैन ।

१०) दलिय ह्विपका सिमा छन्, सांसदलाई दलिय ह्विपको अधिनस्थ मात्र ठान्नुहुन्न ।

११) धारा ७६ ५ सहमति समझदारी र सहकार्यलाई आधार प्रदान गर्ने उपाय हो ।

१२) राष्ट्रपतिले गरेका कामलाई न्यायिक परिक्षण हुन्छ, अदालतको आदेश अन्तिम हो ।