TRENDING

संविधान मिच्ने प्रवृत्तिको अन्त्य भयो : सिटौला

काठमाडौं । सर्वाेच्च अदालतको फैसलाबाट संविधान मिच्ने प्रवृत्तिको अन्त्य भएको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताउनुभएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गर्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न जारी गरेको परमादेशबाट संविधानको संरक्षणमा योगदान पुगेको उहाँको भनाइ छ ।

‘सर्वोच्चले संविधानको संरक्षणमा सही व्याख्या गरेको उहाँको जिकिर छ । प्रधानमन्त्रीले २ पटक संसद विघटन गरेर गल्ती गर्नुभएको र राष्ट्रपतिले पनि पनि गल्ती गर्नुभएको सिटौलाको भनाई छ । उक्त गल्तीहरुलाई संविधानले संच्याइदिएको र यसबाट संविधान मिच्ने प्रवृत्तिको अन्त्य भएको उहाँको धारणा छ । कानूनी शासनको सम्मान गर्दै सर्वाेच्चको फैसला कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड छ ।