TRENDING

संसद पुन:र्स्थापना भएसँगै विभिन्न ठाउँहरुमा विरोध प्रदर्शन

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनःस्थापनासँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेशविरुद्ध नेकपा एमाले निकट युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

अदातलको फैसला अमान्य भएको भन्दै राष्ट्रिय युवा संघ नेपालले राजधानी काठमाडौंका ठाउँठाउँमा विरोध जुलुस निकालेर प्रदर्शन गरेको छ । साथै जनकपुरधानमा टायर बालेर युवाहरु प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंमा जारी प्रदर्शनमा पार्टी नेताहरुले सम्बोधन गरिरहेका छन् ।