TRENDING

सर्वाेच्चद्धारा प्रतिनिधिसभा विघटनलाई फेरी बदर , २८ घण्टा भित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी

काठमाडौं । सर्वोच्च अदालतले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई फेरि बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आठ जेठमा प्रतिनिधिसभा विघटन गर्नुभएको थियो भने त्यसअघि उनले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

सोमबार संसद विघटनविरुद्धको मुद्दामा फैसला हुँदा अदालतले संसद विघटन असंवैधानिक भन्दै बदर गरेको हो । साथै सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि परमादेश गरेको छ ।

जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको हो । सर्वोच्चले देउवालाई मंगलबार बेलुकी ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परामादेशमा भनेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।