TRENDING

पछिल्लो २४ घण्टामा २ हजार १६९ कोरोनाका नयाँ संक्रमित थपिए, २२ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ५३० जनाको पीसीआर परीक्षणबाट १ हजार ३५३ र ३ हजार ८८७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१६ जना गरी जम्मा २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ४३२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।