TRENDING

सन्तान नभएका दम्पतिलाई नर्भिकको सेवा : स्वस्थ भ्रुण पहिचान गरी सन्तान प्राप्त गर्न सकिने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आज अर्थात असार २३ गतेदेखि अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याब सहितको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याएको छ ।  विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधि, उपकरणले सुसज्जित नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टर संचालन हुन लागेको हो ।

चर्चित बरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरबाट सेवा प्रवाह गर्नेछ । नर्भिक अस्पतालको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर नेपालका अस्पतालहरु मध्येकै अत्याधुनिक एवम् सुविधायुक्त रहेको डा. शर्माको भनाई छ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय सेवा दिने तयारी पूरा भएको आज आयोजित उद्घाटन समारोहमा डा. शर्माले जानकारी दिनुभयो ।

यो सेन्टरमा बंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवा सहितको ल्याब समेत रहेको छ । नेपालमा हालसम्म कुनै पनि आइभिएफ सेन्टरमा प्रि–जेनेटिक डाइग्नोसिस सेवा नभएको र प्रि–जेनेटिक डाइग्नोसिस मार्फत स्वस्थ भ्रुणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले बंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्नेछ ।

डा. शर्माले विगत १५ वर्षदेखि काठमाण्डौंका विभिन्न अस्पतालसँग आवद्ध रहेर स्त्री रोग तथा बाँझोपनको समस्या रहेका सयौं बिरामीलाई सेवा दिइसक्नुभएको छ । नर्भिकको यो सेन्टरमा आधुनिक सुविधा सहित स्त्रीरोग, प्रसूति सेवाका साथै निसन्तान दम्पत्तिहरुका लागि उपचार सेवा उपलब्ध हुनेछ ।

परिवर्तित जीवनशैली, वातावरणीय अवस्था र बढ्दो तनाव लगायतका कारणले अधिकांश महिलामा बाँझोपन अर्थात निसन्तान सम्बन्धी समस्या विकराल बन्दै गएको छ । बढ्दो उमेर, ढिलो विवाह, धुम्रपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोेपन, सुगर तथा थाइराइडको समस्या लगायतका कारणले पनि महिलाहरुमा बाँझोपन हुने अध्ययनहरुले देखाएका छन् । यि सम्पूर्ण कारणले सन्तान नभएका दम्पतिहरुले नर्भिक अस्पतालमा संचालित आइभिएफ एण्ड फर्टीलिटी सेन्टरबाट सेवा लिई सन्तान प्राप्त गर्न सक्नेछन् ।