TRENDING

नेप्सेमा गिरावट जारी , यस्तो छ जानकारहरुको विश्लेषण

काठमाडौं । नेपाली शेयर बजारमा नेप्से परिसुचक ओरालो लाग्ने क्रम आज पनि देखिएको छ । परिसुचक र कारोबार रकम दुबैमा निरन्तर गिरावट आएको नेप्सेमा आज बुधबार परिसुचक ४.१३ अंकले घटेर २८२३.८८ बिन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १.३२ अंकले घटेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१५ प्रतिशतले घटि हो ।

आज कारोबार रकम ५ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ । उच्च कारोबार गर्नेको अग्रस्थानमा दुई बीमा कम्पनी रहेका छन् । जसमा नेपाल इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी अर्थात ३० करोड ४२ लाख रुपैयाँ कारोबार भएको छ भने एनएलजीको २१ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार गर्दै दोश्रो स्थानमा रहेको छ ।

यस्तै आज ५ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । पोखरा फाइनान्सको १० प्रतिशत, सेन्ट्रल फाइनान्स कम्पनीको ९.९७, नेपाल फाइनान्सको ९.८६ प्रतिशत, मल्टीप्रपोज फाइनान्सको ९.७५ र प्रोगेसिभ फाइनान्सको सेयर मूल्य ९.६८ प्रतिशतले बढेको छ ।

मसान्तको प्रभाव र आगामी मौद्रिक नीतिको कारण लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहँदा बजारमा कारोबार रकम बढ्न नसकेको जानकारहरूको विश्लेषण छ ।