TRENDING

“प्रधानमन्त्रीले विश्वासको मत लिन संसद्‍मा जाने कि राष्‍ट्रपति कार्यालय जाने ?” – प्रधानन्याधीश जबरा

काठमाडौं ।  प्रधानन्याधीश चोलेन्‍द्र शमशेर जबराले “प्रधानमन्त्रीले विश्वासको मत लिन संसद्‍मा जाने कि राष्‍ट्रपति कार्यालय जाने ?” भन्दै प्रश्न गर्नुभएको छ । संसद विघटन विरुद्धको रिटमा आज सरकारी पक्षको बहस चलिरहेको छ ।

यसैबिच सरकारको पक्षबाट बहस गर्नुभएका नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश जबराले यस्‍तो प्रश्न गर्नुभएको हो । उहाँको प्रश्न छ ‘विश्वासको  मत प्राप्त गर्न र नगर्न संसदमा जानुपर्ने हैन र ?  विश्वासको मत प्राप्त गर्न सक्दिन भन्ने घोषणा त संसद मार्फत जानुपर्ने होइन ?  तर, त्यसलाई छलेर जान मिल्छ ?’

यसअघिको बसहका क्रममा नायब महान्यायाधिवक्ता पाण्डेयले विश्वासको मत पाउँदिन , धारा ७६ (३) अनुसार बस्दिन भन्ने लागेर प्रधानमन्त्रीले विश्वासको मत लिन्न भनेर राष्ट्रपतिकहाँ गएको तर्क गर्नुभएको थियो ।