TRENDING

सामान्य विवाद हुँदा वडाध्यक्षको विभत्स हत्या

सर्लाहि । सर्लाहीमा विवादका कारण वडाध्यक्षको हत्या भएको छ । शुक्रबार साँझ सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठलाइ जेसिबिको बुकेटले हिर्काएर हत्या गरिएको हो ।

स्थानीय स्तरमा निर्माण भईरहेको मुखलाल दास पोखरीको निरिक्षण गर्न गएका श्रेष्ठको हत्या भएको हो । श्रेष्ठ ठेकेदार प्रेम दाहाल लगायतका टोली सहित पोखरि निरिक्षणका लागि गएका थिए । सोहि क्रममा सामान्य विवाद हुाँदा आक्रोशित जेसिबी चालकले वडाध्यक्षको टाउको र छातीमा जेसिबीको बुकेटले प्रहार गर्दा नीजको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हत्या पछि शवलाई त्यहि गाडेर चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ फरार भएका थिए । केहि समय पश्चात् घटनास्थल पुगेको प्रहरीले गाडेको ठाउँबाट शब निकालेको थियो भने फरार चालक तामाङ र ठेकेदार दाहाललाई पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।