TRENDING

सुन्दर ज्वालामुखी वडा नम्बर १, हेरौं भिडियोमा

धादिङ । धादिङ एक पहाडी जिल्ला हो । नेपालको राजधानी काठमाडौं सँगै सिमाना जोडिएता पनि यस जिल्लामा निकै नै विकट र बत्तिमुनीको अध्याँरो झैं बन्न पुगेका बस्तिहरु समेत छन् । २०७४ सालको जननिर्वाचन पछि देश संघियतामा गएसँगै बनेको स्थानीय सरकारको नेतृत्व पछि विकासका लहर गाउँगाउँ सम्म पुगेको अनुभुति विस्तारै देखिन थालेको छ ।

यस्तै बस्तिहरु भित्रको एक ज्वालामुखी गाउँपालिका वडा नम्बर १ , आफैंमा एक सुन्दर वडा हो । साथै यहाँको जनप्रतिनिधीहरुको अथक प्रयास पछि यस क्षेत्रमा देखिएका विकासका गतिविधि र गर्न बाँकि कार्यहरुको समग्र रुप यस भिडियोमा देख्न सकिन्छ ।

हामी पनि हेरौं कस्तो छ त ‘ज्वालामुखी वडा नम्बर १’