TRENDING

सरकारले ल्यापटप किन्नका लागि कर्जा दिने साथै सिमकार्ड ‘फ्रि’

काठमाडौं । सरकारले उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहका विद्यार्थीको वैकल्पिक सिकाईमा सहयोग गर्ने हेतुले ल्यापटप किन्नका लागि कर्जा दिने भएको छ ।

आज प्रस्तुत बजेट मार्फत एक थान ल्यापटप किन्नका लागि बढिमा ८० हजारसम्मको कर्जा सुविधा २ वर्षसम्मका लागि दिने भएको हो । यसरी दिइने रकमको ब्याजदर १ प्रतिशतसम्म हुने छ । साथै १६ वर्ष माथिका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क दिने पनि अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो ।