TRENDING

नेपाल टेलिकमद्धारा मोबाइल सेवामा VoLTE सेवा परीक्षण शुरुवात एवं यसका सुविधाहरु

काठमाडौं ।  नेपाल टेलिकमले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा  LTE  प्रविधि अन्तर्गत  VoLTE (Voice Over Long Term Evolution)  सेवा सञ्चालनमा ल्याएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा २०७८ जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा VoLTE सेवाको परीक्षण शुरुवात गरीएको हो । यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने बताइएको छ ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले  VoLTE  सपोर्ट गर्ने आफ्नो मोबाइलबाट  *444# डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा VoLTE  एक्टिभेट गर्नुपर्दछ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई VoLTE  कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा VoLTE  को संकेत देखापर्दछ । VoLTE को संकेत देखापरेपछि *111#  डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट VoLTE  भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ ।

आफ्नो मोबाइल सेटले VoLTE सपोर्ट गर्छ/गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्न  www.ntc.net.np/post/volte  लिंक प्रयोग गर्न सकिन्छ । यसैगरी यो सेवासम्बन्धी सुझाव तथा गुनासो भएमा [email protected] मा इमेल पठाउन पनि सकिन्छ ।

नेपाल टेलिकम