TRENDING

‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’ :चीनको विविध अनुहारको प्रस्तुति

कहिले पनि जीवन खेर नफाल

कहिले पनि मानवताको परीक्षा नलिनू

स्वयंलाई प्रेम गर्नू

र अरू सबैलाई

चिनियाँ लेखक याङ शिङशियाङको कविता सङ्ग्रह ‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’ प्रकाशनमा आएको छ । कवि तथा अनुवादक युयुत्सु आरडी शर्माद्वारा अङ्ग्रेजीबाट अनुदित तथा ह्वाइट बुक लोटस शप कोपुण्डोलद्वारा प्रकाशित द्विभाषी सो कृतिमा १३५ थान कविता समाविष्ट छन् ।

नेपाललाई अति माया गर्ने कविको हिमालमाथिको काल्पनिक उडानमा केन्द्रित यी कविता धेरै चिज बनाउने आधुनिक चीनको व्यस्त जीवनमा शान्तिको खोजी पनि गरेका छन् । चिनियाँ जनजीवन, व्यक्तिगत अनुभव, समय यसका विषयवस्तु हुन् । यी कवितामा विश्वव्यापी पहिचान खोजिरहेको आधुनिक चीनको प्रखर र पृथक प्रस्तुति पाइने अनुवादक शर्माले बताउनुभयो । “कवितासङ्ग्रह चीनको विविध अनुहारको प्रस्तुति पनि हो”, शर्माले भन्नुभयो ।

धेरै पुरस्कारबाट सम्मानित तथा धेरै संस्थासँग आबद्ध शिङशियाङ चिनियाँ साहित्यमा न्यु स्कार कविता आन्दोलनका प्रणेता, साहित्य समालोचक तथा रेनमिन युनिभर्सिटी, बेजिङमा साहित्य विषयका प्राध्यापक पनि हुुनुहुन्छ ।

शरीर र मासु मैले भन्नैपर्छ

मासुभित्र रहेको जङ्गल

यसको गहिराइमा बस्छ

अनन्त झरना बास गर्छ

अनन्त कालो सङ्गीतका साथ