काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार बैंकको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष खुद नाफा ४१.६१ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानीसँगै फि कमिशन तथा डिस्काउण्ट आय र गैर सञ्चालन आम्दानी बढेपछि बैंकको खुद नाफा बढेको हो ।
समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २२७.५८ प्रतिशत बढेर १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ पुगेको छ । सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १३।१९ प्रतिशत बढेको छ भने खुद फि कमिशत तथा डिस्काउण्ट आय ३७.२१ प्रतिशत बढेको छ ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६६ पैसा बढेर १७ रुपैयाँ ६७ पैसा पुगेको छ । बैंकको नेटवर्थ १ रुपैयाँ १० पैसा बढेर १४६ रुपैयाँ ८७ पैसा पुगेको छ ।
साथै बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा ११ अर्ब ६६ करोड २० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यको तुलनामा यो २८.५८ प्रतिशत बढेको हो ।
त्यसैगरी, बैंकको जगेडा कोष समीक्षा अवधिमा २६.३० प्रतिशत बढेर ५ अर्ब ४६ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढयो
शेयर बजार झन्डै ११ अङ्कले घट्यो
सुन तोलाको एक लाख ३६ हजार ३ सय
सुनको भाउ तोलाको १ लाख ३६ हजार नाघ्यो
सुनचाँदीको भाउ घट्यो
केही ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
गोरखा भूकम्पको ९ वर्ष पूरा, नेपालमा भूकम्पीय जोखिम उस्तै
काठमाण्डौंको बालाजु बाइसधारा मेला सुरु
आईपीएल क्रिकेटमा हैदराबादले दिल्लीलाई ६७ रनले हरायो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८