TRENDING

आज फेरि थपियो बजारमा झण्डै ४ चार करोड कित्ता शेयर ! खरिदबिक्री कहिले ?

काठमाडौं । आज पनि सेयर बजारमा झण्डै ४ करोड कित्ता शेयर थपिएको छ । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको ३ करोड ९३ लाख ६१ हजार ५८८ कित्ता शेयर सूचीकृत भएको हो ।

इन्भेष्टमेन्ट बैंक, गरिमा विकास बैंक, नागरिक लगानी कोष र साना विकास लघुवित्त वित्तीय कम्पनीको बोनस तथा हकप्रद शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

उक्त दिन इन्भेष्टमेन्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता, गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३०.७३ कित्ता, नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर र साना किसान विकास लघुवित्तको २५ लाख ५७३. ५६४२ कित्ता बोनस र १२ हजार ४४२ कित्ता हकप्रद शेयर गरि कुल ३ करोड ९३ लाख ६१ हजार ५८८ कित्ता शेयर थपिएको हो ।

नेपाल इन्भेष्टमेण्ट बैंकले गत माघ ८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै गरिमा विकास बैंकको माघ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको ।

अब यी चार कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

शेयर सूचीकृत