TRENDING

उदयपुरकोे लालपत्तामा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशका दुर्गम स्थलका बासिन्दाहरुलाई बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ ।

सेवा विस्तारका क्रममा बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ लालपत्तामा १०९औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको हो । सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी रोमा कुमारी थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

उक्त शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।

सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एवम् बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १६७ ओटा शाखा, ११३ ओटा एटिएम.र १०९ ओटा शाखारहित बैंकिङ ईकाईहरुबाट करीब साढे नौ लाखलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंक