TRENDING

भोलि रूरू जलविद्युतको आईपीओ बाँडफाँड हुँदै : ३७ हजार बाहेक सबैको हात खाली ! कति पाउला ओपनिङ्ग रेञ्च ?

काठमाडौं । भोलि बिहान ८ बजे रूरू जलविद्युत् परियोजनाको आईपीओ बाँडफाँड हुने भएको छ ।

चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको आईपीओ भोलि बिहान ८ बजे बाँडफाँडको तयारी गरिएको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रिमियम सहित प्रतिकित्ता १२० रुपैयाँमा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याइएको कुल ४ लाख ७ हजार ७०६ कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । ३७ हजार ९१६ जनाले मात्र यो शेयर पाउने छ ।

विक्री खुलाको अन्तिम दिन चैत २४ गतेसम्म १६ लाख ७० हजार ९११ जनाबाट २ करोड ३४ लाख १४ हजार १४० कित्ताको लागि आवेदन परेको विक्री प्रबन्धकको भनाइ छ । यो संख्या र कित्ता तथ्याङ्क प्रशोधनका क्रममा घटबढ हुन सक्ने विक्री प्रबन्धकले जानकारी दिएको छ ।

यस्तै, दोस्रो बजारमा पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको मूल्य तोकिने व्यवस्था अनुसार कम्पनीको शेयरले ११८ रुपैयाँ ८४ पैसादेखि ३५६ रुपैयाँ ५२ पैसासम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

आईपीओ