TRENDING

फेरि थपियो बजारमा ४ करोड ९५ लाख कित्ता शेयर, कारोबार कहिले ?

काठमाडौँ । यस साता शेयर बजारमा झण्डै ५ करोड कित्ता शेयर थपिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता ज्योति लाइफको आईपीओसहित २ वाणिज्य बैंक, २ फाइनान्स र २ जलविद्युत कम्पनीको ४ करोड ९५ लाख ४३ हजार कित्ता शेयर सूचीकृत भएको हो ।

जसमध्ये ज्योति लाइफको आईपीओ २ करोड २० लाख कित्ता, बरुण हाइड्रोपावर कम्पनीको १ लाख २७ हजार ५ सय ७५ कित्ता, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ६ लाख १० हजार ९९८ कित्ता, ङादी ग्रुप पावरको ५ लाख ३५ हजार ५५४ कित्ता शेयर सूचीकृत भएको छ ।

त्यसैगरि सिद्धार्थ बैंकको १ करोड १७ लाख ४५ हजार ३२० कित्ता, नेपाल बैंकको १ करोड ३५ लाख ३९ हजार ३८४ कित्ता बोनस र ३ लाख ४४ हजार ७६४ कित्ता शेयर र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको ६ लाख ४० हजार कित्ता शेयर सूचीकृत भएको छ ।