TRENDING

छुटला है एनआईसी एशिया बैकको ५ लाख ८९ हजार कित्ता शेयर, कहिलेसम्म छ आवेदन दिने मिति ?

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ८९ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला भएको छ ।

उक्त शेयरको न्यूनतम मूल्य ४३७ रुपैयाँ निर्धारण गरिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

उक्त शेयर खरीद गर्नका लागि वैशाख ७ गतेसम्म बोलपत्र पेश गर्न सकिने बताइएको छ । उक्त शेयर खरीदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।