TRENDING

नेपाल टेलिकमको साधारणसभा चैत १३ गते, लाभांश पारित गर्दै

काठमाडौं । नेपाल टेलिकमले चैत १३ गते साधारण सभा बोलाएको छ । टेलिकमले प्रस्तावित लाभांश पारित गर्न उक्त वार्षिक साधारण सभा आह्वान गरेको हो ।

बुधवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकल गत आवको मुनाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीको फागुन २८ गते बुक क्लोज गर्ने भएको छ। फागुन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा नगद लाभांश पाउनेछन्।

नेपाल टेलिकम