TRENDING

आउने भयो सिटीजन लाइफको पनि ७५ करोडको आईपीओ, कस्तो छ वित्तिय अवस्था ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आउने भएको छ ।  आज सम्पन्न भएको कम्पनीको तेस्रो साधारण सभाले ७५ करोड बराबरको आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको छ ।

७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ विक्री गर्ने प्रस्ताव पारित गर्नुअघि नै रेटिङ सम्पन्न गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैँया रहेको छ । आईपीओ पश्चात कम्पनीको पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

नयाँ बीमा कम्पनीको रुपमा व्यवसाय सञ्चालन गर्दै आएको उक्त कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म ११ करोड १ लाख ८४ हजार खुद नाफा गरेको छ ।
यस अवधिसम्म १ अर्ब ४० करोड २१ लाख ४५ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले २६ करोड ७१ लाख ९९ हजार दाबी भुक्तानी गरेको छ ।

कम्पनीको जगेडा कोषमा ७२ करोड ८० लाख ४९ हजार रहेको छ भने बीमा कोषमा २ अर्ब ३९ करोड ८१ लाख रहेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स