TRENDING

सिटीजन लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७र०७८ को पहिलो त्रैमासिक सम्मको वित्तीय विवरण सार्वजनिक गरे लगत्तै आइपिओ निष्काशनको तयारी गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरणमा आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १५०% ले वृद्धि गरेको कम्पनीले चाँडै नै ठुलो रकमको आइपिओ निष्काशनको तयारी गरेको हो ।

गत आ.व. को आश्विन मसान्तमा कम्पनीको जीवन बीमा कोष रु. ८० करोड ३८ लाख रहेकोमा यस आश्विन मसान्तमा सो रकम २ अर्व ८२ लाख पुगेको छ । यसका साथै कम्पनीले गत आ.व. को आश्विन मसान्तसम्ममा कुल बीमाशुल्क रु. ३३ करोड ९४ लाख संकलन गरेकोमा यस आ.व. को सोही अवधिमा रु. ६२ करोड ८ लाख संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बीमा शुल्क आर्जन ८३५ प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बीमा कोषमा १५०५ को वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ४१ करोड ५१ लाखबाट ४२५ ले बढाएर ५९ करोड १० लाखको उचाई चुमाएको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ४७ प्रतिशतको वृद्धी गरी रु. १० करोड ९६ लाख पु(याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम रु ४ अर्व ५१ करोड मध्ये करिब ८८.३१५ रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।