TRENDING

नेपाली मनछुने लाईनहरु !

नेपाली मनछुने लाईनहरु । जसलाई पढेर आनन्द लाग्ने मात्र होइन मनभित्र परिवर्तनका ज्वारभाटाहरु उठ्न सक्छन् । जसमध्येका केहि लाईनहरु यहाँ उल्लेख गरिएको छ । यसलाई पढिसकेपछि कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नुहोला ।

१) मान्छे जब आफु गलत थिएँ भनेर मान्छ, तब उ सहि हुन शुरु गरिसकेको हुन्छ ।

२) उज्यालोमा त मिल्ने छ कोही न कोही, खोजी यस्तो व्यक्तिको गर्नुहोस् जसले अँध्यारोमा पनि साथ देओस् ।

३) इच्छा छैन कि हरकोहि तारिफ गरोस्, तर कोसिस छ हरकोही गलत नभनिदेओस् ।

४) एक असल मान्छेमा एक खराब बानी हुने गर्छ, उ सबैलाई असल सम्झिन्छ ।

५) जीन्दगीमा ३ व्यक्तिलाई कहिल्यै भुल्न सकिन्न , समस्यामा साथ दिने, समस्यामा साथ छोड्ने र समस्यामा पार्ने मान्छे ।

६) रिस आए रोक्न सिक्नुहोस् , यदि गल्ती भए झुक्न सिक्नुहोस् ।

७) आफ्नो समस्याको समाधान आफैंसँग हुने गर्छ अरुसँग त केवल सुझाब हुने गर्छ ।

८) समस्याको अन्तिम हल माफी नै हो , गर या माग ।

९) मान्छेको सुन्दर अंग नै दिल हो । यदि त्यो नै सुन्दर छैन भने चम्किलो अनुहारको केहि काम छैन ।

१०) कसैको सरल स्वभाव उस्को कमजोरी नभई उसको सँस्कार हुने गर्छ ।

११) यदि कोहि तपाई प्रति आश गदर्छ भने यो उसको मजबुरी नभई तपाईँ प्रति गर्ने विश्वास हो ।

१२) उमेर जुनसुकै होस् जीन्दगी हरेक दिन केहि न केहि सबक सिकाइ नै रहन्छ ।

१३) केहि मिल्दैन दुनियाँमा मेहनत बेगर, आफ्नै छायाँ पाउन पनि प्रकाशको सम्मुख पर्नै पर्छ ।

१४) सम्बन्धका लागि झुक्नु कुनै ठुलो कुरा होइन , घाम पनि डुब्ने गर्छ जुनका लागि ।

१५) खुशी रहनु छ भने उस चिजमा ध्यान दिनुहोस् जो आफ्नो साथमा छ , उस चिजमा होइन जो अरुको साथमा छ ।

१६) जब एक अर्कालाई मदत गर्नुहुन्छ भने कहिले लड्ने छैन चाहे व्यापार होस् चाहे परिवार र समाज ।