TRENDING

सिटिजन्स बैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्डको सुरुवात

काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको लागि भिसा कन्टयाक्टलेस कार्डको सुरुवात गरेको छ । Near Field Communication (NFC) मा आधारित उक्त कार्ड NFC युक्त अर्थात ट्याप सुविधा भएको POS मेसिनहरुमा प्रयोग गर्न सकिन्छ । यस प्रविधीमा मेसिन भित्र कार्ड नछिराई एउटा सिमित दुरीबाट POS मेसिनमा ट्याप मात्र गरि भुक्तानी गर्न सकिन्छ । यो प्रविधी सरल एवम सहज हुनुका साथै अहिलेको कोभिडको जोखिममा कसैसँग नछोइकन कारोबार गर्न सकिन्छ । राष्ट्र बैकको नियमानुसार हाललाई यस प्रविधीबाट प्रति कारोबार २ हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली पूर्ति गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।

डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिदै आएको सिटिजन्स बैंकले कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवा निःशुल्क वितरण गर्दै आएको छ यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।

citizens bank