TRENDING

महिला उद्यमी कर्जा प्रवाह गर्दै सिटिजन्स बैंक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महिला उद्यमी महासंघ नेपालका बीच अनुदानित महिला उद्यमी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात महिला उद्यमी महासंघ नेपालको सिफारिसमा बैंकले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । महिला उद्यमशीलता कर्जा १५ लाखसम्म सहुलियतपूर्ण दरमा प्रदान गरिने बैंकले जनाएको छ ।

महिला उद्यमशिलताको विकाशको हेतु चाहिने आर्थिक आवश्यकताको मांगलाई सम्बोधन गर्न यो सम्झौता फलदायी हुने विश्वास बैंकले लिएको छ । यस सम्झौताले महिला उद्यमीहरुको पहिचान गर्न बैंकले भोग्नु परेको कठिनाईलाई मत्थर पार्न सहज हुनेछ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुको सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न बैंकले देशै भरी छरिएका १०९ वटा शाखाहरुबाट विभिन्न शिर्षकमा सहुलियतकर्जा उपलब्ध गराउँदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बताइएको छ ।

 

कोरोना भाइरस (COVID19) को महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै वित्तीय आवश्यकताहरु डिजिटल प्रणालीबाट प्रदान गरिरहेको छ । यसलाई मूर्तरुप दिन बैंकले चेकको प्रयोग नगरीकनै सेवा लिन सकिने बनाएको छ ।

त्यसका लागि आफ्नो मोबाइल बैंकिङ्गएपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङ्गको पिन नम्बर बिर्सेमा घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी बैंकले विभिन्न योजनाहरु संचालनमा ल्याएको छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्तगरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको प्रवक्ता उमंग शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

citizens bank