TRENDING

नबिल बैंकद्धारा बोनस शेयर तथा लाभांश वितरण घोषणा

काठमाडौं । नबिल बैंक लिमिटेडको सोमबार सम्पन्न संचालक समितिको बोनस शेयर एवं लाभांस वितरण गर्ने निर्णय गरेको छ । ५५२ औं बैठकले यस बैंकको आर्थिक वर्ष २०७६/७७ को मुनाफामध्येबाट शेयरधनीहरुलाई कर सहितको कुल ३५.२६ प्रतिशत लाभांश (३३.५प्रतिशत बोनश शेयर तथा कर प्रयोजनको निमित्त १.७६ प्रतिशत नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी ३६औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात् आवश्यक प्रक्रिया पुरा गरी वितरण गरिने संचार विभाग प्रमुख कृष्ण सुवेदीले बताउनभयो । बैंकले आ.व. २०७६/७७ मा उच्चतम मुनाफा ३ अर्ब ४६ करोड हासिल गर्न सफल भएको छ । यो निजी क्षेत्रका बैंकहरु मध्ये सबैभन्दा बढि हो ।

बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३८ अर्ब पु¥याएको छ । बैंकको संचालन मुनाफारु. ५ अर्ब ९ करोड रहेको छ । आ.व. २०७५/७६ मा वित्तिय क्षेञबाट ठूला करदाताहरु मध्ये सबै भन्दा बढी आयकर बुझाउन सफल बैंकको रुपमा नबिल बैंक स्थापित भएको छ । यस बैंकले आधुनिकिकरणलाई आत्मसाथ गर्दै डिजी बैंकको अवधारणालाई समेत अवलम्बन गरेको छ ।

नबिल बैंकले हालसम्म ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवाप्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको समेत सुवेदीले जानकारी दिनुभयो ।

Nabil bank