TRENDING

कार दुर्घटना हुँदा एक महिलाको मृत्यु, फरार ३ घाइते प्रहरी नियन्त्रणमा

भक्तपुर ।  काठमाडौं । भक्तपुरमा आज भएको कार दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने ३ जना घाईते भएका छन् ।

दुर्घटनामा परि काठमाडौं महानगरपालिका ४ धुम्बाराहीकि ३० वर्षिया रिया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सामान्य घाइतेहरुमा कार चालक मध्यपुर थिमि १ लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की, वडानम्बर ५ राधेराधेका २६ वर्षीय विजय देउजा र भक्तपुर सूर्यविनायक ४ गाम्चाका २७ वर्षीय सुदप थापा रहेको बताइएको छ । शनिबार राति अन्दाजी १ बजे बा८च ४७५६ नम्बरको कार अनियन्त्रित भई सडकबीचको फलामको रेलिङमा ठोक्किँदा दुर्घटना भएको डीएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा परि अचेत रहेकि रियालाई उद्धार गरी मध्यपुर अस्पताल लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । कारमा सवार चालक सहितका अन्य ३ जना मृतक रियालाई दुर्घटनास्थलमै छाडेर भागेका र उनीहरुलाई विहान मात्रै नियन्त्रणमा लिइएको समेत प्रहरीले जनाएको छ । उनीहरु कहाँबाट आएका थिए र घटना कसरी भयो भन्ने बारे भने खुलेको छैन । यसबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।