एजेन्सी । अहिलेसम्म बजारमा गर्भनिरोधकका जति पनि खोप तथा औषधि उत्पादन भएका थिए ती महिलाहरुका लागि थियो । पुरुषका लागि गर्भनिरोधको एउटा मात्रै उपाय कण्डम थियो । तर, निकट भविष्यमा नै भारत लगायतका मुलुकमा पुरुषका लागि गर्भनिरोधक खोप बजारमा उपलब्ध हुने भएको छ । यो खोप एकपटक लगाएपछि १३ वर्षसम्म प्रभावकारी हुने अनुसन्धानमा पत्ता लगाइएको छ ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का अनुसार पुरुषका लागि बनाइएको उक्त खोप विश्वस्तरीयरुपमा सुरक्षित, प्रभावकारी र लामो समयसम्मका लागि उपयोगी साबित हुनेछ । यसको प्रयोग ३०० जना पुरुषमा गरिएको छ । तीन पटकसम्म चलेको उक्त क्लिनिकल ट्रायलमा साइड इफेक्ट नभेटिएको आईसीएमआरले जनाएको छ ।
आईसीएमआरका सीनियर वैज्ञानिक डा.आर एस शर्माका अनुसार तयार भएको उक्त खोपका लागि भारतीय सरकारको स्वीकृति आवश्यक रहेको छ । ट्रायलमा उक्त खोपको प्रभावकारीता ९७.३ प्रतिशत भएको डा. शर्माले जनाएका छन् ।
उक्त खोप संसारकै पहिलो पुरुष गर्भनिरोधक खोप हुनसक्ने डा.शर्माले बताए । (साभार)
प्रवासबाट थप समाचार
युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण
इजरायलले गाजामा राहत सामग्री पुर्याउन तीनवटा बाटो खोल्ने
ताइवानमा शक्तिशाली भूकम्प
नेपाल हेर्ने चीनको ‘बेइजिङ प्लस थ्री’ नीति
नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य
एक वर्षमै चार लाख जनाभन्दा धेरै पर्यटक मुस्ताङ पुगे
एभरेष्ट बैंकको नाफा बढ्यो
सुनको भाउले आज फेरि राख्यो नयाँ रेकर्ड
१२ सय ६० विद्युतीय सवारीसाधन आयात
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८