TRENDING

ल्याण्डलाइन नम्बरमा पनि चलाउन सकिन्छ ह्वाट्सएप,यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । वर्तमान समयमा ह्वाट्सएप हर कसैको दैनिक जीवनको एक महत्वपूर्ण एप बनिसकेको छ । त्यसो त दुनियाभरमा हजारौं म्यासेजिङ एप भए पनि ह्वाट्स एप भने सबैभन्दा बढी लोकप्रिय छ । यो एप तपाईं आफ्नो व्यक्तिगत मोबाइल नम्बरबाट चलाउन सक्नुहुन्छ । तर मोबाइल नम्बर बिना पनि ह्वाट्सएप चलाउन सकिने कुरा भने एकदमै थोरैलाई मात्र थाहा छ । यसको अर्थ यो पनि होइन कि तपाईंलाई ह्वाट्सएप चलाउन कुनै नम्बर नै आवश्यक पर्दैन । यहाँनिर भन्न खोजिएको कुरा के भने तपाईं आफ्नो ल्याण्डलाइनबाट समेत ह्वाट्सएप चलाउन सक्नुहुन्छ ।

ह्वाट्सएपमा कसरी लिङ्क गर्ने ल्याण्डलाइन नम्बर  ?

त्यसो त व्यवसायसँग जोडिएका धेरैजसो मानिसहरु ह्वाट्सएपमा आफ्नो व्यक्तिगत नम्बर नै राखिरहेका हुन्छन् । यदि त्यस्ता व्यक्तिहरुले चाहेको खण्डमा ल्याण्डलाइनको माध्यमबाट समेत यो एप प्रयोग गर्न सक्छन् । प्रयोगकर्ताले आफ्नो ल्याण्डलाइन नम्बरलाई सोझै ह्वाट्सएप बिजनेस एपमार्फत झोड्न सक्छन् । यो नम्बर तपाईं ह्वाट्सएपमा त्यसैगरी प्रयोग गर्न सक्नुहुन्छ, जसरी सामान्यतया मोबाइल नम्बरको माध्यमबाट प्रयोग गरिरहनु भएको छ ।

ल्याण्डलाइनबाट ह्वाट्सएप चलाउन सबैभन्दा पहिले तपाईंले आफ्नो मोबाइल फोनमा ह्वाट्सएप विजनेस इन्स्टल गर्नुपर्ने हुन्छ । अब आफ्नो फोन, ट्याब्लेट, ल्यापटपमा एप खोल्नुहोस् । यतिगरेपछि तपाईंलाई कन्ट्रीकोड सोधिनेछ ।
त्यसपछि १० अंकको मोबाइल नम्बर मागिनेछ । जहाँ तपाईं मोबाइल नम्बरको साटो आफ्नो ल्याण्डलाइन नम्बर समेत राख्न सक्नुहुनेछ ।

भेरिफिकेसनका लागि यसो गर्नुहोस्

एपमा एसएमएस वा कलिङको रुपमा भेरिफिकेसन हुन्छ । स्पष्ट नै छ, ल्याण्डलाइनमा एसएमएस आउन सम्भव छैन । यसका लागि तपाईंले कलिङ अप्सन रोज्नुपर्ने हुन्छ । तपाईंले यसरी कोड नम्बर प्राप्त गर्न सक्नुहुन्छ । यद्यपी एप भेरिफिकेसनका लागि तपाईंकहाँ सुरुमा म्यासेजको अप्सन आउनेछ । त्यसपछि एक मिनेट पछि दोस्रोपटक भने म्यासेज तथा कल गर्ने बटन एक्टिभ हुनेछ । अब यहाँनिर तपाईंले कल मी अप्सन छान्नुपर्ने हुन्छ ।

यसरी जसै तपाईं कलको अप्सन सेलेक्ट गर्नुहुनेछ, तपाईंको ल्याण्डलाइन नम्बरमा कल आउनेछ । यो एउटा स्वचालित किसिमको भ्वाइस कल हुनेछ । कलमार्फत प्राप्त कोड नम्बर एपमा राख्नुहोस् । यतिगरेपछि तपाईंको ल्याण्डलाइन नम्बरबाट ह्वाट्सएप एक्टिभ हुनेछ ।